नेभिगेशन
समाचार
माओवादीभित्र असन्तुष्टि

सल्लाहकार गजुरेलको राजीनामामा प्रधानमन्त्री प्रचण्ड किन मौन छन्? भित्रि कारण यस्तो छ

काठमाडौंसचिवालयमा रहेकी छोरी गंगा दाहाल हावी भएको आफ्ना सल्लाह काम नलाग्ने बनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दिएको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन।

प्रधानमन्त्री प्रचण्डमाथि अनेक प्रकारका प्रश्न उठिरहेका बेला गजुरेलको राजीनामाबारे उनी मौन छन्। बरु, संसदीय समितिको बैठकमा उनले छोरी गंगाको बचाऊ गरेका थिए।

गजुरेलले नीतिगत विषयमा बिमती भएको, सल्लाह काम नलागेका कारण राजीनामा दिएको बताइसकेका छन्। गजुरेलले भनेका थिए,‘सरकार कसरी चलाउने भन्नेबारेमा मैले दिएको सुझाव नै काम नलाग्ने भएपछी राजीनामा दिएको हो।

सचिवालय स्रोतका अनुसार कुनै पनि सल्लाहकारले दिएको सुझाव काम नलाग्ने स्थिति भएपछि गजुरेलले राजीनामा दिनुभएको हो। अझ, प्रमुख राजनीतिक सल्लाहकारको सुझाव सुन्ने स्थितिमा प्रधानमन्त्री नपुगेका कारण राजीनामा नैतिक रुपमा आएको उच्च स्रोतले दाबी गरेको छ।

सुशासनको रटान दिने प्रधानमन्त्री प्रचण्ड गजुरेल जस्ता बेदाग मानिसले दिएको सल्लाह मान्ने स्थितिमा किन भएनन् भन्ने विषय अब माओवादीको पदाधिकारी बैठकमा पनि उठ्नेछ।

गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिव पनि हुन्। माओवादीको पदाधिकारी बैठक बुधबारका लागि राखिएको छ।

केन्द्रीय समिति बैठकमा नै बारम्बार प्रचण्डको परिवारवादी चिन्तन पार्टीको सुझाव नमानेको विषयमा कुरा उठेको थियो। त्यहाँमाथि सल्लाहकार राख्ने तर सुझाव नमान्ने विषय पक्कै पनि उठ्नेछ, एक पदाधिकारी भन्छन्।

प्रचण्ड परिवारभित्रको घेरामा मात्र सीमित रहेको त्यसको प्रतिरोधका लागि पार्टीका अन्य नेता उभिनुपर्ने कारणबारे पनि पदाधिकारी बैठकमा चर्चा गरिने ति पदाधिकारी बताउँछन्।

पार्टी क्रान्तिकारी भन्ने अनि मुख्य नेताको व्यवाहारचाहिँ हिजोका सामन्ती पार्टीका नेतालाई नै जित्ने खालको भएपछि कसरी अगाडि बढ्न सक्छ, एक नेता भन्छन्,‘यहि नीतिगत प्रश्न सल्लाहकारका रुपमा रहनुभएका गजुरेलले गर्नुभएको थियो। सुनुवाई नभएपछि राजीनामाको विकल्प भएन।

गजुरेलले भने पारिवारिक सदस्यको दबाबको विषयलाई कहिँकतै पनि उच्चारण गरेका छैनन्। उनले पनि नीतिगत विषयमा खासै सुनुवाई नभएका कारण पद सुविधा लिएर बस्न आत्माले नमानेको बताएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार