दुई दिनमै १२ सयले महँगियो सुन, तोलाको कति पुग्यो ?
काठमाडौं- नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई सयले बढेको सुनको भाउ आज पुनः एक हजारले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँमा कायम भएको छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार र तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउपनि आज बढेको छ । मंगलबार प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, पुस ४, २०८० १२:१५
प्रतिक्रिया दिनुहोस्