Nic Ad Nic Ad
Nic Ad Nic Ad

यसकारण कलेजविरुद्ध आन्दोलनमा उत्रिए ११–१२का विद्यार्थी, ‘मिस्टर डीआई’– यहाँ चेतना छ!

बुधबार, पुस ४, २०८०

काठमाडौंकलेजमा प्रहरी । यो देखिने चिज नै होइन, तर स्थिति त्यहि भयोतीनकुनेस्थित हिमालय ह्वाइट हाउस इन्टरनेशनल कलेजमा, मंगलबार ।

बुधबार अर्को दृश्य देखियोविद्यार्थी प्लेकार्ड बोकेर आन्दोलनमा छन् ।

कलेजमा गुन्डागर्दी बन्द गर, कलेज हो कि नाइट क्लव? विद्यार्थी कुट्ने शिक्षकलाई कारबाही गर, यस्तै यस्तै लेखिएका प्लेकार्डमा उभिएका छन् किशोरवय विद्यार्थी । 

डीआई अर्थात् डीसिप्लेन इञ्चार्जले छात्रामाथि मिस बिहेब गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भए। अनुशासन सिकाउन राखिएका शिक्षक नै अनुशासनहिन भएपछि विद्यार्थी आन्दोलित हुने नै भए।

विद्यालयमा रहेका छ जना डिआइले विद्यार्थीलाई विभिन्न बहानामा कुटपिट गरिरहने गरेको र मंगलबार एक जना डिआइले छात्रामाथि अत्याचार नै गरेका थिए।

नेपाल प्रहरीको टोली पुगेर उक्त डिआइलाई पक्राउ गरेको थियो। तर कलेजविरुद्धको आन्दोलनचाहिँ छेडिएको छ।

शारीरिक तथा मानसिक हिंसामा डीआई उत्रिएको विद्यार्थीको भनाई छ।

अनावश्यक रुपमा अनुशासनका नाममा एक छात्राको मोबाइल खोसियो । सो क्रममा शरिरका विभिन्न संवेदनशील अंगमा छोएको आरोप समेत लाग्यो । सोही विषय साथीहरूलाई सुनाइन् । अनि, सुरु भयो चेतनशील आन्दोलन । मौन कलेज प्रशासनलाई कलिला विद्यार्थीले आन्दोलन गरेर दिएगतिलो झापू !

एकातिर अनुशासनका नाममा हुने अत्याचार, अर्कातिर अनिवार्यताका नाममा थोपरिएको फिको बोझले उकुसमुकुस छन्, विद्यार्थी । त्यहाँमाथि अनुशासनहिनलाई डीआई बनाउने र अत्याचारमा मौन बस्ने कलेज प्रशासनको नैतिकता गुमेको भेटियो । मिस्टर डीआईयहाँ चेतना छ ! मिस्टर प्रिन्सिपलयहाँ नैतिकता र अनुशासनको अर्को प्रिन्सिपल पनि छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्