Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइसल्यान्डमा नाटकीय ढंगमा ज्वालामुखी विस्फोट, यस्तो छ कारण

बुधबार, पुस ४, २०८०

सीएनएन– आइसल्याण्डमा नाटकीय रूपमा ज्वालामुखी विस्फोट भएको छ, विस्फोटमा डरलाग्दो रूपमा लाभाहरु छताछुल्ल भएर आकासमा जताततै ज्वालाको वर्षा भएजस्तो र मेघ सरी धुवाँको मुस्लो उडेको देखिन्थ्यो। हप्तौदेखी भुकम्पीय गतिविधिले ज्वालमुखी नजीकैको सहर खाली गर्न प्रेरित गरेको थियो।

आइसल्याण्डको मौसम विज्ञान कार्यालयको विज्ञप्ति अनुसार ,रेक्जेनेस पेनिन्सुलामा विष्फोट स्थानीय समय राती १० बजे बाट भुकम्प गएको करीव एक घण्टा पछि सुरु भएको थियो । कार्यालयले बिष्फोट ग्रिन्डाभिक शहरबाट करिब ३ किलोमिटर उत्तरमा हागाफेल नजिकै रहेको बतायो ।

नोर्डिक ज्वालामुखी केन्द्रका वैज्ञानिक र केन्द्रका नेता रिक्के पेडरसनका अनुसार गत महिना १५ किलोमिटर लामो यो दरार भूमिगत बनेको थियो र माग्मा सतह मुनिको दरारमा प्रवेस गरेर सोमबार ४ किलोमीटर लामो फ्र्याक्चर बाट बगेको थियो सन् २०२१ यता यस क्षेत्रमा भएको यो चौथो विष्फोट हो र अहिलेसम्मको सबैभन्दा ठूलो विष्फोट हो , विस्फोटले जीवनलाई खतरा बनाउने प्रभाव कमै भएपनि यस क्षेत्रका सबै यातायातहरु बन्द गरिएको छ र मानिसहरुलाई यस क्षेत्रमा नजान कडा चेतावनी दिएको छ । आइसल्यान्ण सरकारले मंगलबार एक विज्ञप्तिमा भन्यो। पेनिन्सुलाका पुलिसले मंगलवार भने कि वैज्ञानिकहरुलाई यो स्थितिको मुल्याङ्कन गर्न धेरै दिनहरु आवस्यक पर्नेछ र सडकहरु आपतकालिन प्रतिक्रियाकर्ता र ग्रिण्डाभिक नजिकैको खतरा क्षत्रमा अधिकारीहरुसँग काम गर्नेहरुको लागि मात्र खुला छ । र यसले ज्वालमुखीको बारेमा मानिसहरुलाई यसबाट उत्सर्जित ग्यास खतरनाक हुन सक्छ भनेर सचेत हुन सल्लाह दिएको छ।

जब नोभेम्बरमा म्याग्मा सुरुङ्ग बन्यो, ज्वालामुखी बिस्फोटको खतरा बढ्दै गइरहँदा ग्रिन्डाभिक र वरपरका बस्तीहरुका बासिन्दाहरुलाई रातभर आफ्नो घरमा बस्नबाट रोक्नको लागि खालिगर्ने आदेश जारी गरिएको थियो ,सार्वजनिक प्रसारणकर्ता Ruv ले रिपोर्ट गरे । " यो स्पष्ट छ कि हामी आइसल्याण्डवासीहरुले पहिले अनुभव नगरेका घटनाहरु अनुभव गर्दैछौ , कम्तिमा भेस्टमान्नेइजारमा विस्फोट भएदेखि होइन ।"

देशको नागरिक सुरक्षा एजेन्सीले १९७३ मा भएको विस्फोट लाइ सन्दर्भ गर्दै चेतावनि दिए जसमा ४०० घर नष्ट भएका थिए। आइसल्याण्डको मौसम विज्ञान कार्यालयका अनुसार विस्फोटको पहिलो दुई घण्टामा प्रति सेकेण्ड सयौं घनमिटर लाभा निस्कियेको थियो । तर विस्फोटको तीव्रता र यस क्षेत्रमा भूकम्पिय गतिविधिको स्तर मंगलबारको प्रारम्भमा घटेको थियो, लाभा नया खोलिएका फिसरहरुको दुबै छेउबाट फैलिएको थियो। ३००० भन्दा बढी मानिसहरुको शहर अब बासिन्दाहरुबाट खाली छ ।

यो पर्यटकहरुका लागि एक लोकप्रिय स्थान हो किनभने यो प्रसिद्ध ब्लू लगून जियोथर्मल स्पाबाट लगभग ७ किलोमिटर टाढा छ ,Ruv ले मङ्गलबार पुलिसलाइ उद्‌धृत गर्दै रिपोर्ट गऱ्यो। पेडासनका अनुसार यो विष्फोट कति लामो समयसम्म रहन्छ भन्न गाह्रो छ , किनकि यो सतह मुनिबाट म्याग्माको आपूर्तिमा निर्भर गर्दछ - जसको अर्थ विष्फोट एक हप्ता देखि धेरै महिना सम्म कहिपनि जान सक्छ। आइसल्याण्ड जाने र आउने उडानहरुमा कुनै तुरन्त अवरोध हरु थिएनन् , र अन्तर्राष्ट्रिय उडान कोरिडोरहरु खुला रहनेछन्, सरकारले भन्यो। र यो पनि थप्यो कि फिसर विस्फोटले सामान्यतया ठूलो विस्फोट या स्ट्रयाटोसिफियरमा छरिएको खरानीको महत्वपूर्ण उत्पादनको परिणाम हुँदैन ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्