Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट

बुधबार, पुस ४, २०८०

काठमाडौँ- भारतमा कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मङ्गलवार कोरोना भाइरसको नयाँ सवभेरिएन्ट जेएन डट वान पुष्टि भएको जनाएको हो ।

समाचार एजेन्सी रोएटर्सका अनुसार कोभिड १९ का अन्य ‘उपप्रजाति’ तुलनामा यसले मानव शरीरको रोगप्रतिरोधी क्षमतालाई सजिलै जित्न सक्छ । तर, यसबाट स्वास्थ्यमा गम्भीर खतरा भने धेरै छैन । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको संक्रमणबाट ज्वरो आउने, सिगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।

कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:४१
प्रतिक्रिया दिनुहोस्