नेभिगेशन
समाज विविध

पशुपति विकास कोषका सयभन्दा बढी सल्लाहकारहरुको नियुक्ति खारेज

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले विभिन्न समयमा नियुक्त गरिएका सयभन्दा बढी सल्लाहकारहरूको नियुक्ति खारेज गरेको छ । बुधबार बसेको कोषको परिषद् बैठकले यसभन्दा अगाडि गरिएका सल्लाहकार नियुक्तिको निर्णयलाई खारेज गरेको हो ।

राजसंस्थाका पालादेखि हालसम्म विभिन्न समयमा नियुक्त गरिएका सयभन्दा बढी सल्लाहकार खारेज गरिएको विकास कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निजी सचिवालयले जनाएको छ ।

परिषद बैठकले पशुपति क्षेत्र परिसरमा मदिरा विक्री वितरणसमेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्ट निर्माण गर्ने निर्णय गरेको छ । पशुपति विकास कोषमा जो कार्यकारी निर्देशक वा अध्यक्ष आए पनि सल्लाहकार नियुक्ति गर्ने लहड चलेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता