Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता भोलिदेखि

बुधबार, पुस ४, २०८०

काठमाडौँ– पाँचौँ दक्षिण एसियाली स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सञ्चालन हुने भएको छ । 

नेपाल स्केट बोर्ड, स्केट बोर्डिङ सङ्घ तथा स्केट एन्ड नेपालको संयुक्त आयोजना बुटबलमा हुन लागेको उक्त प्रतियोगितामा विभिन्न नौ टोलीको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए । 

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा नेपालबाट एक सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । 

तीन दिनसम्म चल्ने उक्त प्रतियोगिताको पहिलो दिन छनोट चरणका खेल हुनेछन् । छनोट चरणबाट प्रत्येक राष्ट्रको १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रको आठ खेलाडी उपाधि होडमा प्रवेश गर्नेछन् । 

प्रतियोगितामा पुरुषरमहिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुङ्गो लगाइने छ । पुरुष–महिला दुवैमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय अमेरिकी डलर र दुई सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त प्रतियोगिताका खेल बुटवलको तिलोत्तमास्थित डुङ्गा स्केट पार्कमा खेलाइने आयोजक सङ्घका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जानकारी दिनुभयो । प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष–महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने आयोजक सङ्घका अध्यक्ष खनालले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार