Nic Ad Nic Ad
Nic Ad Nic Ad
रुस–युक्रेन युद्ध

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, ४ जना युक्रेनमा बन्दी

बुधबार, पुस ४, २०८०

काठमाडौँ– रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । 

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको विवरण  विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेकोसमेत जनाएको छ । साथै, रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा यथाशीघ्र जानकारी गराउन पनि मन्त्रालयले रुसी सरकारलाई आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार रुस–युक्रेन युद्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेका छन् । बन्दी अवस्थामा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतिक पुन रहेको मन्त्रालयलेृ जनाएको छ ।

सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र जान आग्रह गरेको छ । नो अब्जेक्सन लेटर परराष्ट्रको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिन्छ ।

विज्ञप्ति

Foreign-ministries-of-nepal-press-release-about-rusia-ukrian-war1-1703081753.jpg

Foreign-ministries-of-nepal-press-release-about-rusia-ukrian-war2-1703081753.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  २०:०२
प्रतिक्रिया दिनुहोस्