नेभिगेशन
समाचार

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार पुन

काठमाडौँ– पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त भएकी छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएको पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले पुनलाई उक्त पदमा नियुक्त गरेको हो । 

यसअघिका कार्यकारी निर्देशक घनश्याम खतिवडाको पदावधि पुस १ गते सकिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार