नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

झापाले अपराजित धनगढीलाई हरायो

काठमाडौँ– राजधानीमा जारी नेपाल सुपर लिग–२ फुटबल प्रतियोगितामा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको छ ।

 दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा झापाले लिगमा अपराजित धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । आजको खेलमा रेडकार्ड पाएर १० जनामा सिमित झापाले धनगढीको अपराजित यात्रामा पूर्णविराम लगाएको छ ।

झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे । खेलको ५३औँ मिनेटमा झापाका कप्तान विष्टले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । उनले छिरिङ लामाको क्रसमा हेड  गरेर गोल गरेका थिए । 

त्यसैगरी खेलको ७७औँ मिनेटमा झापाका समिराजले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । खेलको ७९औँ मिनेटमा झापा १० खेलाडीमा सीमित भएको थियो । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका धिरज थजालीले साइमन लिम्बूमाथि गरेको फाउलका कारण उनले रातो कार्ड पाएसँगै झापा १० खेलाडीमा समिति बनेको हो । 

यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ । त्यस्तै यो हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । 

NSL-point-poush-4-1703087054.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद