माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौं - नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बुधबार)का लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।
पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ ।
यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भने उपलब्ध पदाधिकारीहरूसँग अनौपचारिक छलफल गर्न लागेको बताइएको छ।
पदाधिकारीको बैठक मंगलबार पनि बसेको थियो। मंगलबारको बैठकमा प्रदेश इन्जार्चहरूले रिपोर्टिङ प्रस्तुत गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार बुधबार बस्ने बैठकले विधान सम्मेलन र केन्द्रीय कमिटीको बैठक तय गर्ने तयारी गरिएको थियो। बैठकमा प्रदेश इन्चार्जहरुले पार्टीको जारी रुपान्तरण अभियानबारे ब्रिफिङ गरेका थिए । अबको बैठकबाट केन्द्रीय समिति बैठक र विधान सम्मेलनको मिति तोक्ने तयारी छ ।