Nic Ad Nic Ad
Nic Ad Nic Ad

घर जाने बेला संस्कृतिमन्त्री किराँतीको मति खुस्कियो, प्रधानमन्त्री प्रचण्डले पदबाट हटाउने निश्चित 

बिहीबार, पुस ५, २०८०

काठमाडौंसंस्कृति, नागरिक उड्ययनमन्त्री सुदन किराँतीलाई हटाउने तयारी भइरहेका बेला विवादीत भएर विदा हुने लगभग निश्चित भएको छ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्ने क्रममा क्रिश्चियनबाहेक अन्य धार्मिक सम्प्रदायलाई उनले संविधानविरोधीको संज्ञा दिएपछि विवादीत बनेका हुन्। यति मात्र होइन, उनी अझ उत्तेजित हुँदै भाषण दिन उद्दत बनेका थिए।

उनले क्रिश्चियनलाई मान्दिन भन्नेहरु देशद्रोही संविधान विरोधी हुन् भन्दै त्यस्तालाई हतकडी लगाएर जेल हाल्नुपर्ने बताएका थिए। यहि कारण उनको चर्को आलोचना मात्र भएको छैन, कारबाहीको माग समेत गरिएको छ।

राजनीतिक वृत्तदेखि धार्मिक सम्प्रदायले पनि मन्त्री किराँतीको विरोध मात्र गरेका छैनन्, माओवादी केन्द्र क्रिश्चियन मेसिनरीबाट चलेको भन्ने आरोप समेत लगाउन सुरु गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक सद्भाव धार्मिक सहिष्णुता बिथोल्ने मन्त्री किराँतीको बयान अराजनीतिक भएको बताएका छन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराउदै किराँतीको अभिव्यक्तिको जवाफ माग गरेका छन्। नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले व्यङ्ग्य प्रहार गरेका छन्। क्रिश्चियनबाहेक ९८ प्रतिशतको संख्यामा रहेका अन्य धर्म मान्नेलाई कुन जेलमा, कत्रो जेलमा मन्त्री किराँतीले राख्न सक्लान् भन्दै बास्कोटाको प्रतिक्रिया आएको छ।

मन्त्रीको कार्य सम्पादन मुल्यांकनमा निक्कै कमजोर रहेका तथा विवादीत रहेका किराँतीलाई हटाउने तयारी भएको थियो। घर जाने बेला उनले दिएको अभिव्यक्तिका कारण प्रधानमन्त्री प्रचण्डलाई अझ सजिलो हुने भएको छ।

यसरी हेक्का नराखी सामाजिक सद्भाव खलबलिनेगरी अभिव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले लगाम लगाउन आवश्यक , फेसबुकमा सर्वसाधारणले नै किराँतीको आलोचना गर्दै लेखेका छन्,‘माओवादी क्रिश्चियन धर्मका प्रचारक हुन्।

धार्मिक सापेक्षताको विषयमा प्रदर्शन राजनीतिक दलमा बहस उठिरहेका बेला मन्त्री किराँतीको अभिव्यक्तिले त्यसलाई अझ बल पुगेको विश्लेषण गरिएको छ।

सत्ता साझेदार नेपाली कांग्रेसभित्र नै हिन्दूत्वको सवाल बलियो रहेको संविधान संशोधनको चर्चा चलेका बेला मन्त्री किराँतीको अभिव्यक्तिले प्रचण्डलाई दबाबमा राख्न सकिने स्थिति बनेको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गरी हिन्दू धर्म सापेक्ष मुलुक बनाउनुपर्ने धारणा राखिसकेका छन्।

उता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले मन्त्री किराँतीको अभिव्यक्तिको कडा शव्दमा बिरोध गरेका छन्। प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै उनले मन्त्री किराँतीलाई बर्खास्तको माग गरेका छन्।

मन्त्री किराँतीलाई यसअघि नै हटाउने तयारी भएको थियो। तत्कालिन सामान्य प्रशासनमन्त्री अमनलाल मोदीसँगै किराँतीलाई पदबाट हटाउने तयारी प्रचण्डले गरेका थिए। माघको दोस्रो सातासम्म मन्त्री हेरफेरको तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले किराँतीलाई हटाउने निश्चित बनेको छ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्