Nic Ad Nic Ad
Nic Ad Nic Ad

लगातार बढेको सेयर बजार आज ३२ अंकले घट्यो

बिहीबार, पुस ५, २०८०

काठमाडौं- लगातार सात दिन बढेको सेयर बजार आज दोहोरो अंकको करेक्सन भएको छ । आज नेप्से परिसूचक ३२ दशमलव ७७ अंकले घटेर २,१०९ को विन्दुमा कायम भएको हो ।

बिहीबार ५० कम्पनीको शेयर मुल्य बढेको छ भने १९१ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्टको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै सोनापुर मिनरल्सको २५ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्