काँग्रेसको पहिलो मधेश सम्मेलन : बन्दसत्र जारी
काठमाडौँ - नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनअन्तर्गत शुक्रबार बन्दसत्र हुँदैछ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको छ ।
बन्दसत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले साङ्गठनिक र राजनीतिक प्रस्ताव पेश गर्दैछन् भने कोषाध्यक्ष प्रदिप यादवले आर्थिक प्रतिवेदन पेश गर्नेछन् । सम्मेलन ती प्रतिवेदनहरूमाथि छलफल गर्दै शुक्रबारै सम्पन्न हुनेछ ।
सम्मेलनमा मधेश प्रदेशका आठ जिल्लाबाट ८२५ प्रतिनिधि सहभागी रहेको सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।
बिहीबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८० १०:०१
प्रतिक्रिया दिनुहोस्