Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्कुलले चाडपर्वका नाममा विद्यार्थीलाई फरक पोसाक किन्न लगाए कारबाही हुने

शुक्रबार, पुस ६, २०८०

काठमाडौं- काठमाडौँ महानगरपालिकाले नगरभित्रका विद्यालयलाई चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य नपार्न निर्देशन दिएको छ।

शुक्रबार नगरभित्रका विद्यालयका नाममा सूचना निकालेर महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न लगाएको पाइएमा त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

‘तोकिएको विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यस परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारी लागि अनुरोध छ ।’

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्