Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्री फेरेर भएपनि परिणाम दिनेगरी अगाडि बढ्छु : प्रधानमन्त्री

शुक्रबार, पुस ६, २०८०

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् ।

मोरङको मिक्लाजुङ-५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेरेर अगाडि बढ्ने बताएका हुन् ।

प्रधानमन्त्रीले लाभाखोला बृहत् खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता पनि व्यक्त गरे । उनले चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । यस्तै उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

मोरङको पथरी शनिश्चरेको सुकुमबासीको समस्या समाधानमा पहल गर्ने, किसानले बिक्री गरेको दूधको मूल्य दुग्ध विकास संस्थालाई सहुलियत ऋण उपलब्ध गराउने पनि उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्