Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरबार हत्याकाण्डका खलनायक बनाइएका दीपेन्द्र शाह उदण्ड थिए? सत्ता परिवर्तन गराउने केही घटना

शनिबार, पुस ७, २०८०

काठमाडौंकेही रहस्यमा नै रहेको दरबार हत्याकाण्डकाखलनायक बनाइएका पूर्वयुवराज दीपेन्द्र शाहका विषयमा विविध टिकाटिप्पणी अहिले पनि सान्दर्भिक हुने गरेका छन्।

राप्रपा नेता पशुपति शमशेर राणाकी छोरी देवयानीसँगको प्रेमको चर्चामा रहेका दीपेन्द्र सोही हत्याकाण्डमा मारिएका एक पात्र हुन्। उनलाई केही घन्टाका लागि राजा घोषणा समेत गरिएको थियो।

१९ जेठ २०५८ सालमा भएको दरबार हत्याकाण्डको २२ बर्ष बित्दा पनि अझै खास रहस्य खुलासा भएको छैन। आम मानिसले दरबार हत्याकाण्डको खास तथ्यबारे चासो राख्दै आएका छन्।

यसबीचमा हत्याकाण्डका विषयमा विविध पुस्तक बजारमा आएका थिए। , यी मध्य दीपेन्द्र, रानी ऐश्वर्य राजा वीरेन्द्रको समेतको अंगरक्षक (एडीसी) बसेका नेपाली सेनाका पूर्वकर्णेल सुन्दरप्रताप राणाले दीपेन्द्रको आनीबानीका विषयमा उल्लेख गरेका थिए। 

कप्तान हुँदा राणा दीपेन्द्रका एडीसी थिए। दीपेन्द्रको किशोरवय युवा अवस्थामा एडीसी रहेका उनले केही व्याख्या गरेका छन्। १३ बर्षको उमेरमा नै ड्राइभिङ हाईस्पिडमा गर्ने, विभिन्न खेलका लागि जिद्दी गर्ने उनको बानी रहेको राणाले पुस्तक दरबारको दुखान्तमा उल्लेख गरेका थिए।

यद्यपि, दरबार हत्याकाण्डको छानबिन समितिले प्रतिवेदन तयार पारी दीपेन्द्रलाई नै प्रमुख पात्रका रुपमा उभ्याएको थियो। उनले नै हत्याकाण्ड मच्चाएको समितिको निचोड थियो।

birendra-1703304918.jpg

दरबारमा भएका कतिपय हत्याकाण्डले राजनीतिक बाटो बदलिएका प्रशस्त उदाहरण छन्।

वीरेन्द्रको परिवारको हत्याकाण्डपछि नेपालमा सत्ता परिवर्तन भयो। यति मात्र होइन, केही बर्षमा राजतन्त्र नै समाप्त भई गणतन्त्र स्थापना भयो।

यसअघि दरबारमा भएका हत्याकाण्डले विविध समयमा सत्ता परिवर्तन भएका थिए।

सत्ता परिवर्तन गराउने साठी बयसट्ठी पर्वको चर्चा हुने गरेको छ। यसबाहेक सबैभन्दा चर्चित घटनाचाहिँ कोत पर्व हो।

दामोदर पाँडेको हत्या दरबारमा भीमसेन थापाको उदयसँगै थापा एवम् पाँडे खलकबीचको द्वन्द्वमा कहिले को शक्तिशाली कहिले को शक्तिशाली बन्ने गरेको इतिहासकारहरूले लेखेका छन्। त्यस क्रममा एकले अर्कोलाई सिध्याउने खेल चल्ने गर्दथ्योे।

एकतीस वर्ष सत्तामा हालीमुहाली गरेका भीमसेन थापालाई एक राजकुमारलाई विष खुवाएर मारेको अभियोगमा फसाएपछि दरबारबाट तितरबितर भएको थापा खलक पछि फेरि दरबारकै आग्रहमा सत्ताको केन्द्रमा आइपुगेको इतिहासकारहरूले लेखेका छन्।

त्यस क्रममा माथवरसिंह थापा नेपालको प्रधानमन्त्री प्रधानसेनापति बने। तर विसं १९०२ मा उनी आफ्नै भान्जा जङ्गबहादुर कुँवरबाट मारिए। त्यस बेला पनि दरबारमा राजा राजेन्द्रविक्रम रानी राज्यलक्ष्मीको दोहोरो सत्ता चलिरहेको थियो।

तसर्थ माथवरसिंह थापाको हत्यापश्चात् रानी आफ्ना विश्वासपात्र गगनसिंह भण्डारीलाई प्रधानमन्त्री बनाउन चाहन्थिन्। तर राजाले भने भारतमा बसेका फत्यजङ्ग शाहलाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाए। रानीको आग्रहमा गगनसिंहलाई पनि मन्त्रिपरिषद्को सदस्य बनाइयो।

तर दरबारमा रानी उनका विश्वासपात्र गगनसिंहबीच अवैध सम्बन्ध रहेको हल्ला चल्यो। त्यसैले गर्दा राजा राजेन्द्र युवराज सुरेन्द्र पनि गगनसिंहको विरोधी बनेको इतिहासकारहरूले लेखेका छन्।

यस क्रममा जङ्गबहादुरले चलाखीपूर्वक लाल झा नामक व्यक्तिमार्फत् विसं १९०३ भदौमा गगनसिंहको हत्या गराए। त्यसबाट विचलित भएकी रानी राज्यलक्ष्मीले असोज गते गगनसिंहको हत्यारा पत्ता लगाउने नाममा सबैलाई कोतमा भेला हुन आदेश दिइन्।

आफैँले षड्यन्त्र गरेर गगनसिंहलाई मारेका जङ्गबहादुरले यो अवसरलाई आफ्नो स्वार्थानुकूल प्रयोग गरेको इतिहासकारहरूले लेखेका छन्। बाबुराम आचार्यका अनुसार जङ्गबहादुरले उक्त अवसरलाई आफू शक्तिशाली बन्न झन्डै पाँच सयजति सैनिक आफ्ना भाइहरूलाई खटाएर कोत प्रवेश गरेका थिए।

त्यहाँ छलफल भनाभनको क्रममा सुरुमा अभिमानसिंह बस्नेत मारिएका त्यसपछि अन्य भारदारसहित प्रधानमन्त्री फत्यजङ्ग शाहको पनि हत्या भएको थियो। आचार्यलेअब यस्तो कहिल्यै नहोस् भन्ने पुस्तकमा कोत पर्वमा मारिनेहरू २९ भाइभारदारको सूची राखेका छन्। तर उक्त घटनामा त्यसभन्दा धेरै मानिसहरू मारिएको अरू इतिहासकारको मत छ।

कोत पर्वबाट शक्तिशाली बनेका जङ्गबहादुरले त्यसपछि राज्यलक्ष्मीले उनलाई मार्न गरेको षड्यन्त्र पहिलै थाहा पाउँछन्। आफूलाई मार्न भण्डारखालमा बोलाइएको थाहा पाएर ठूलो सैन्य बलसहित त्यहाँ पुगेका जङ्गबहादुर कुँवर रानी राज्यलक्ष्मी पक्षका सबैजसो भारदारलाई मारेर थप शक्तिशाली बन्न पुग्छन्। त्यस हत्याकाण्डलाई भण्डारखाल पर्वका रूपमा चिनिन्छ।

जङ्बहादुरका छोरा पद्मजङ्ग राणाको पुस्तक लाइफ अफ महाराज सर जङ्गबहादुर राणा अफ नेपाल मा कोतपर्वमा मारकाट चल्दै गर्दा नै राज्यलक्ष्मीले जङ्गबहादुरलाई प्रधानमन्त्री प्रधानसेनापतिको सर्वोच्च पद प्रदान गरेको उल्लेख छ।

तर भण्डारखाल पर्वपछि जङ्गबहादुरले नै राज्यलक्ष्मीलाई सत्ताच्युत गराए अनि राजा राजेन्द्रविक्रमबाट सत्ता आफ्नो हातमा लिनेगरी अधिकारपत्र लेखाएर लिए। नेपालको इतिहासमा कोत पर्वकै कारण एक सय वर्षभन्दा लामो जहानियाँ राणा शासनको थालनी भएको मानिन्छ।

आचार्य लेख्छन्, ‘जङ्गबहादुर कुँवर तथा यिनका भाइहरू नै नेपाल अधिराज्यको हर्ताकर्ता भइसकेका थिए। नेपाल तथा नेपाली नागरिकहरूको भाग्यविधाता पनि अब यिनीहरू नै बन्न आइपुगेका थिए। नेपाल अधिराज्यमा राणाशाही शासनरूपी भव्य महलको जग यस दुर्दान्त हत्याकाण्डपछि नै कायम हुन आएको हो।

सत्ता परिवर्तनको अर्को घटना होबयालीस साल पर्व।

इतिहासकारहरूका अनुसार पृथ्वीनारायण शाहको मृत्युको केही वर्षपछिदेखि नै नेपालको दरबारभित्र सत्ताप्राप्तिका लागि बढ्न थालेको रक्तपातको क्रम पछिसम्म रोकिएन। एउटा ठूलो रक्तपात गरेर राजाको अधिकार आफ्नो हातमा लिएका जङ्गबहादुरका उत्तराधिकारीहरूले पनि त्यस्तै रक्तपातपूर्ण बाटो रोजे।

नेपालमा राणा शासन सुरु भएपछिको त्यस्तै घटना हो बयालीस साल पर्व भनेर चिनिने विसं १९४२ को हत्याकाण्ड।

यो हत्याकाण्ड पहिलेका हत्याकाण्डभन्दा केही पृथक् थियो। किनकि पहिलेजस्तो दुई फरक वंशका भारदारको झगडाभन्दा पनि यसमा राणाहरूकै दुई खलक संलग्न थिए। जङ्गबहादुरले आफूपछि भाइहरूमा उत्तराधिकार जाने निर्णय गरेका थिए।

तदनुरूप जङ्गबहादुरको मृत्युपश्चात् उनका भाइ रणोद्दीपसिंह प्रधानमन्त्री बनेका थिए। त्यसै बेला विसं १९३८ सालमा एउटा घटना भयो। त्यसलाई अठतीस साल पर्व पनि भनिन्छ। त्यस बेला युवराज त्रैलोक्यका भाइ नरेन्द्रविक्रम शाहद्वारा राणा प्रधानमन्त्रीलाई मारेर राजाबाट राणामा गएको शक्ति फिर्ता गराउने षड्यन्त्र भएको पत्ता लागेपछि २० जनालाई मृत्युदण्ड दिइयो।

नरेन्द्रविक्रम स्वयंलाई भारतको चुनार किल्लामा बन्दी बनाइएको थियो। उक्त प्रकरणमा संलग्न भएको भनी दरबारभित्रै त्रैलोक्यलाई विष दिएर मारेको कतिपय इतिहासकारले लेखेका छन्। सोही प्रकरणमा जङ्गबहादुरका छोरा जगत्जङ्गलाई पनि आरोपी बनाइएको थियो।

त्यसै कारण तीर्थ गर्न भनी भारत गएका जगत्जङ्ग नेपाल नफर्की उतै बसेका थिए। उनी भारतमै बसेकाले रणोद्दीपसिंहपश्चात् रोलक्रम पाएका उनको स्थानमा माइला भाइ जितजङ्गलाई राखिएको थियो। यो सबै प्रकरणमा धीरशमशेरको मुख्य भूमिका रहेको विभिन्न इतिहासकारले लेखेका छन्।

dipendra-1703304937.jpeg

त्यस बेला राणाहरू जङ्ग शमशेर खलकमा बाँडिएको देखिन्छ। रोलक्रमलाई लिएर उनीहरूबीच बढेको त्यही अविश्वासका कारण विसं १८४२ सालमा धीरशमशेरका छोराहरू मिलेर नारायणहिटीस्थित आफ्नै दरबारमा प्रधानमन्त्री रणोद्दीपसिंहलाई हत्या गरेको घटनालाई बयालीस साल पर्व भनिन्छ। उक्त हत्याकाण्डपश्चात् त्यसको दोष जङ्ग खलकमा लगाइएको जङ्ग खलकका भेटेजति सबै पुरुषलाई शमशेर खलकले सिध्याएको इतिहास छ।

इतिहासकार पुरुषोत्तमशमशेर जबरालेश्री हरूको तथ्य वृत्तान्तभाग एक मा उक्त घटनाको विस्तृत विवरण दिएका छन्।

जङ्ग शमशेर खलकको सङ्घर्षमा परेर मारिएका रणोद्दीपसिंहबारे उनी लेख्छन्, ‘स्व. रणोद्दीपसिंह ज्यादै सोझा, धर्मपरायण हुनुका साथै निःसन्तान पनि थिए। त्यस समय नेपाल सरकारको राजनीति उनीअनुकूल थिएन।

इतिहासकारहरूका भनाइमा उक्त घटनाले जहानियाँ राणा शासनमा पनि जङ्ग खलकको अस्तित्व मेटिदियो त्यसपछि शमशेर खलकले मात्र नेपालको शासनसत्तामा आफ्नो हालीमुहाली गरे।

नेपालमा राजसंस्था दरबारमा सँधै जसो जालझेल सत्ता परिवर्तनका खेलमा विभिन्न हत्या प्रकरण मच्चाइने गरेका छन्। आधुनिक युगमा नारायणहिटी राजदरबार हत्याकाण्ड पनि एउटा रहस्यमयी चासोको विषय बनिरहेको छ।

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्