Nic Ad Nic Ad
Nic Ad Nic Ad

इंग्लिस प्रिमियर लिग: आर्सनल र लिभरपुलले बराबरी खेले

आइतबार, पुस ८, २०८०

काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुल र आर्सनलले एक–एक गोलको बराबरी खेलेका छन्। 

शनिबार राति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन्। खेलमा अग्रता भने आर्सनलले लिएको थियो। चौथो मिनेटमा मार्टिन ओडेगार्डको फ्रिकिकलाई डिफेन्डर गेब्रियलले गोलमा परिणत गरेका थिए। 

लिभरपुलले २९औँ मिनेटमा बराबरी गोल फर्कायो। ट्रेन्ट अलेक्ज्येन्डरको लामो पासलाई सदुपयोग गर्दै मोहम्मद सलाहले गोल गर्न सफल भए। बराबरीपछि १८ खेलबाट ४० अंकसिहत आर्सनल शीर्षस्थानमा छ।  समान खेलबाट ३९ अङ्क जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड वेस्ट हामसँग २–० ले पराजित भयो। टोटेनहामले एभर्टनलाई २–१ ले हरायो। न्यक्यासल लु टनसँग पराजित हुँदा फुलह्यामले बर्नलीलाई २-०ले हरायो।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्