Nic Ad Nic Ad
Nic Ad Nic Ad
थमन विक हत्या प्रकरण

सफाइ पाएर निलम्बन फुकुवा भएसँगै ओली भेट्न बालकाेट पुगे कोइरी

सोमबार, पुस ९, २०८०

काठमाडौं- थमन विक हत्या प्रकरणमा अभियुक्त रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले महोत्तरी जिल्ला अदालतबाट सफाइ पाएर सांसद पदको निलम्बनबाट फुकुवा भएसँगै अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन्।

सोमबार बिहान ओली निवास बालकोट पुगेर सांसद कोइरीले अध्यक्ष ओलीलाई भेटेका हुन्। सांसद कोइरीले अध्यक्ष ओलीको हातबाट सगुनसमेत लिएका छन्।

कोइरीमाथि मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप लागेपछि त्यसको मुद्दा चलेकै समयमा महोत्तरी–१ बाट उनी नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए। निर्वाचित भएर सांसदको शपथ लिए पनि पछि सदनमा प्रश्‍न उठेपछि उनको सांसद पद निलम्बन भएको थियो।

मंसिर २८ गते उनलाई अदालतले ज्यान मुद्दामा सफाइ दियो। अदालतबाट सफाइ पाएसँगै उनले संसद्‌ सचिवालयमा आफ्नो निलम्बन फुकुवा गर्न निवेदन दिएका थिए। उक्त निवेदन र अदालतको पत्रका आधारमा सांसद कोइरीलाई संसद् सचिवालयले निलम्बन फुकुवा गरिसकेको छ।

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्