Nic Ad Nic Ad
Nic Ad Nic Ad
टीआरसी विधेयकमाथि छलफल सुरु

बालुवाटारमा शीर्ष बैठक : टीआरसी विधेयकबारे छलफल सुरु

सोमबार, पुस ९, २०८०

काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक)माथि प्रमुख तीन दलका नेताहरुले छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा आज साँझ  प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको संयुक्त बैठकले टीआरसी विधेयकमाथि छलफल सुरु गरेका हुन् ।

प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी सहभागी छन् । त्यस्तै, बैठकमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी भएका छन् ।

हाल प्रतिनिधिसभाको समितिमा विचाराधीन रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका अन्तर्वस्तुमा प्रमुख दलहरुबीच सहमति जुट्न सकेको छैन् ।

गत आइतबार पनि प्रमुख तीन दलका शीर्ष नेताले विधेयकमाथि छलफल गरेका थिए । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १७:४०
प्रतिक्रिया दिनुहोस्