नेभिगेशन
समाज विविध
क्रिसमस पर्व

जबरजस्ती धर्म परिवर्तन गर्ने कार्य रोकिनुपर्छ : सभापति खतिवडा

काठमाडौँ– प्रतिनिभिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जबरजस्ती धर्म परिवर्तन गर्ने कार्य रोक्नुपर्नेमा जोड दिएका छन् ।

क्रिसमस पर्वका अवसरमा सोमबार राष्ट्रिय ख्रीष्टिएन महासंघ नेपालले काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै समितिका सभापति खतिवडाले पछिल्लो सयम जबरजस्ती धर्म परिवर्तन गर्ने कार्य बढेको भन्दै उक्त कार्य तत्काल रोक्नुपर्ने बताएका हुन् ।

सदियौँदेखि एक आपसमा मिलेर बसेको नेपाली जनतालाई आफ्नो धर्म मान्न पाउने अधिकारमा राज्यले दमन गर्न नहुने उनको भनाइ छ । सभापति खतिवडाले राज्यले नागरिकलाई धार्मिक स्वतन्त्रता दिनुपर्ने भन्दै सबैको अस्तित्व स्वीकार्दै अघि बढ्न सबैलाई आग्रह समेत गरे ।

क्रिसमस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएर सबै धर्मको सम्मान गर्ने परम्पराको विकास गरेको उल्लेख गर्दै सबै धर्मावलम्बी, जाती र समुदाय मिलेर देश विकासमा लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता