नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

टाइब्रेकरमा पोखरालाई हराउँदै धनगढी फाइनलमा

काठमाडौँ– नेपाल सुपर लिग–२ (एनएसएल) मा धनगढी एफसीले पोखरा थन्डर्सलाई टाइब्रेकरमा हराएको छ ।

दशरथ रंगशालामा आज भएको पहिलो क्वालिफायर खेलको निर्धारित ९० मिनेटमा धनगढी र पोखराबीच १–१ र थप समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा धनगढीले ४–३ गोल अन्तरले खेलमा बाजी मारेको हो ।

आजको खेलसँगै धनगढीले फाइनल यात्रा तय गरेको छ । धनगढी पहिलो संस्करणमा पनि पहिलो क्वालिफायरबाटै फाइनल पुग्न सफल भएको थियो ।

लिग तालिकामा शीर्ष स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको पोखराले क्वालिफायर १ मा साविक उपविजेता धनगढी एफसीबीचको खेल २–२ को‌ बराबरीमा‌ टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

त्यसअघि निर्धारित ९० मिनेटको समयमा दुबै टोलीले १–१ को बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा लम्बिएको थियाे ।

खेलकाे पाँचौं मिनेटमा भने पोखरालाइ आयुषले खेलमा अग्रता दिलाउन सफल भएका थिए ।

५४औं मिनेटमा अभिषेक गुरुङले कमल श्रेष्ठलाई खेलेको छोटो कर्नरपछि उनको क्रसमा देवेन्द्रले हेडर मार्फत गोल गर्दै धनगढीलाई खेलमा फर्काए ।

यी दुई टोली लिग तालिकाको शीर्ष दुई स्थानमा रहँदै क्वालिफायर १ का लागि छनोट भएका थिए ।

आजको खेलमा पराजय भोग्ने पोखराले तेस्रो र चौथो भएका काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको विजेताविरुद्ध फाइनल प्रवेशका लागि क्वालिफायर–२ खेल्नेछ ।

काठमाडौं र ललितपुर बीचको खेल मंगलबार हुनेछ । क्वालिफायर–२ बिहीबार हुनेछ । फाइनल शनिबार हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्