Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

मंगलबार, पुस १०, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

‘पुस १० गते दिउँसो ठिक ३ बजे प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको छ’, उनले भने ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन दल नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतका दलको समर्थनमा उनी प्रधानमन्त्री भएका हुन् ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्