नेभिगेशन
अर्थ विविध

आज बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं - नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।

आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्