Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा अठार लाख पुरस्कार राशिको म्याराथन

मंगलबार, पुस १०, २०८०

गण्डकी- कास्कीको पोखरामा आगामी फागुन पहिलो साता रु १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ । फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो ।


मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ । सो स्पर्धाका विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला/पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड, दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो ।


प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला÷पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ । सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए । “म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ”, मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भन्नुभयो ।

“बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । 

 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार