Nic Ad Nic Ad
Nic Ad Nic Ad

जसपाको बैठक : साङ्गठनिक प्रस्तावमाथि छलफल

मंगलबार, पुस १०, २०८०

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको आज बसेको बैठकमा साङ्गठनिक प्रस्तावउपर छलफल भएको छ । 

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् सङ्गठन विभाग प्रमुख र सात प्रदेश समितिका इन्चार्ज रहेको कार्यदलले तयार पारेको जिम्मेवारी बाँडफाँटको प्रस्तावमाथि छलफल भएको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पुर्ण बस्नेतले जानकारी दिए । 

उनका अनुसार जसपाले यसअघि केन्द्रीय कार्यकारिणी समिति सदस्य र केही राजनीतिक समिति सदस्यलाई मात्र जिम्मेवारी तोकेको थियो ।

खासगरी पार्टीका एक सय १९ राजनीतिक समिति सदस्यलाई विभाग तथा संयन्त्रमा जिम्मेवारी दिने गरी तयार पारिएको प्रस्तावमा बैठकमा छलफल भएको जनाइएको छ ।–रासस

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्