नेभिगेशन
समाज विविध

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) पनि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौंमा लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ हुने भएको हो ।

यसअघि नै अन्तिम सुनुवाइ सुरू भए पनि हालसम्म बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता