Nic Ad Nic Ad
Nic Ad Nic Ad

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

बुधबार, पुस ११, २०८०

काठमाडौँ - नेपली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । नेपाली काँग्रेसका एक नेताले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुने जानकारी दिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा काँग्रेसबाट नौ जना मन्त्री छन्
मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो। काँग्रेसले बिहीबारदेखि हुने केन्द्रीय समिति बैठकमा मुख्य गरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। काँग्रेसले महासमिति बैठक पटक-पटक सार्दै आएको छ।

फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक गर्ने निर्णय भएको थियो। २०७८ मंसिरमा १४ औँ महाधिवेशन गर्दा काँग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्न लागिएको हो।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्