Nic Ad Nic Ad
Nic Ad Nic Ad

फेरि कहाँ हराए बरिष्ठ हवल्दारदेखि जवानसहित नेपाल प्रहरीका २६ कर्मचारी?

बुधबार, पुस ११, २०८०

काठमाडौं नेपाल प्रहरीका बरिष्ठ हवल्दारदेखि जवानसम्म २६ जना कर्मचारी जानकारीबिना नै गैरहाजिरी रहेका छन्।  

लामो समयदेखि सम्पर्कबिहीन प्रहरीलाई तत्काल हाजिर हुन आउन प्रधान कार्यालयले उर्दी जारी गरेको छ।

प्रधान कार्यालयले बाटोको म्याद बाहेक सात दिन भित्र हाजिर हुन उर्दी जारी गरेको हो।

आफूखुसी कार्यालयमा गैर हाजिर रहेको, खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ को नियम ११५ को देहाय ९२०बमोजिम प्रक्रिया पुरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयमा सम्पर्कमा नआएकाले सूचना जारी गरेको जनाइएको छ।

कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम ९१०को खण्ड ९च०को कसुरमा नियमावलीको नियम १०९ को देहाय () ९१० बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछु, सूचनामा भनिएको छ।

यसलाई प्रहरी नियमावली २०७१ को अनुसूची १४को भाग को प्रयोजनार्थ सफाइको मौका प्रदान गरिएको कार्यालयले जनाएको छ।

यसअघि पनि कतिपय प्रहरी कर्मचारी जानकारीबिना नै सम्पर्कबिहीन हुने गरेपछि प्रधान कार्यालयले सूचना जारी गर्दै आएको थियो।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्