नरेन्द्र मोदी बने युट्युबमा बढी सब्सक्राइबर हुने विश्वकै पहिलो नेता
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोसल मिडीया युट्युबमा २ करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता बनेका छन् ।
प्रधानमन्त्री मोदी सोसल मिडियामा सर्वाधिक पछ्याइने वैश्विक नेतामध्यका एक हुन् । पछिल्लो समय उनले आफ्नो लोकप्रियतालाई नयाँ उचाइमा पुर्याउने क्रममा नयाँ कीर्तिमान राखेका छन् ।
मोदीको युट्युब च्यानलमा सब्सक्राइबर संख्या २ करोड नाघेको छ भने त्यसमा राखिएका भिडियोहरुमा कुल भ्यूज चार अर्ब ५० करोड रहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १३:५५
प्रतिक्रिया दिनुहोस्