नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी हामी हौं : माधव नेपाल
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले २००६ सालामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको उत्तराधिकारी आफ्नो पार्टी भएको दाबी गरेका छन् ।
बुधवार पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी चाँडै दसौँ महाधिवेशन गर्न लागेको बताए ।
‘२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ । हामीले आफ्नै जीवनकालमा भइरहेको पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो’, उनले भने, ‘पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गर्नुपरेको थियो ।’
प्रकाशित मिति: बुधबार, पुस ११, २०८० १४:५९
प्रतिक्रिया दिनुहोस्