Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीपविरुद्धको मुद्धा आज पनि हेर्दाहेर्दैमा, भोलि सुनुवाइ हुने

बुधबार, पुस ११, २०८०

काठमाडौं- सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइ जारी छ ।

बुधबार पनि सुनुवाइ नसकिएपछि अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।

आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।

बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरुले बहस गरेका छन् । सन्दीपका कानून व्यवसायीको बहस र पीडित पक्षको जवाफी बहसपछि इजलासले निर्णय सुनाउनेछ ।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि अहिलेसम्म ३३ पटक पेसी सरेर यो मुद्धा अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्