Nic Ad Nic Ad
Nic Ad Nic Ad

वरिष्ठ अधिवक्ता डा.भण्डारीविरुद्ध घरेलु हिंसाको मुद्दा दायर 

बुधबार, पुस ११, २०८०

काठमाडौँ– वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीविरुद्ध घरेलु हिंसा गरेको अभियोगमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आफूमाथि घरेलु हिंसा गरेको भन्दै डा. भण्डारीकी पत्नी अधिवक्ता जानकी पाण्डेले अदालतमा मुद्दा दायर गरेकी हुन् ।

उनले घरेलु हिंसाको साथै नाता कायम गरेर विवाह दर्ता गरिपाउँ भनि अर्को मुद्दा समेत दायर गरेकी छन् । श्रीमान् सुरेन्द्र भण्डारीले २०७४ सालमा आफूसँग विवाह गरेपनि हालसम्म विवाह दर्ता गर्न इन्कार गरेको आरोप समेत लगाएकी छन् ।

अधिवक्ता पाण्डेले आफूमाथि पति डा. भण्डारीले आर्थिक र मानसिक हिंसा गरेर घरेलु हिंसा गरेको आरोप लगाएकी छन् । साथै, भण्डारीले आफूलाई ज्यान लिने भन्दै धम्क्याउने, आफ्ना बावुआमालाई सताउने लगायतका काम गरेको भन्दै उनले संरक्षणात्मक आदेश समेत मागेकी छन् ।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्