पाँच निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ - सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
समयममै नियमानुसार काम नगर्ने पाँचवटा निर्माण कम्पनीलाई कार्यालयले दुईदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।
कालीसूचीमा पर्नेमा भारतको पश्चिम बंगालको एम।पी सितानी एन्ड सन्स, सुर्खेतको एम.पीरएस.सी.एफरई.सी.सी जे.भी, सुर्खेतकै सूर्य कन्स्ट्रक्सन फर्म प्रालि, काठमाडौं सुकेधारस्थित एलिट कन्स्ट्रक्सन र मोरङको विराटनगरस्थित भूमि इन्फ्रास्ट्रक्चर प्रा.लि छन्।
ती निर्माण कम्पनीहरूले विभिन्न आयोजनाको ठेक्का लिएर पटक-पटक म्याद थप हुँदासमेत काम नगरेपछि कार्यालयले कालोसूचीमा राखेको हो।
कालोसूचीमा राखिएका निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूले उक्त सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन नसक्ने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १२, २०८० ०८:१८
प्रतिक्रिया दिनुहोस्