Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

बिहीबार, पुस १२, २०८०
samridhi jewllers

जानकी (बाँके)- बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।

मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ ।

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले सकेट फेला पारेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार