Nic Ad Nic Ad
Nic Ad Nic Ad
मन्त्रीपरिषदको निर्णय

गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ

बिहीबार, पुस १२, २०८०

काठमाडौं- सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

त्यस्तै, बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिव पदमा महेश भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन् । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार