Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा

बिहीबार, पुस १२, २०८०

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौं जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

बुधबार वादी पक्षको सकिएकोमा आज प्रतिवादीतर्फबाट कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार प्रतिवादीको तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेल तथा वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, सबिता भण्डारी, रमण श्रेष्ठलगायतले बहस गरेका थिए ।

उक्त मुद्धामा न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरू भएको थियो ।

प्रतिवादीतर्फबाट पनि बहस सकिए मुद्दामाथिको सुनुवाइ भोलि टुङ्ग्याइने बताइएकाे छ ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्