नेभिगेशन
समाचार
बालकुमारी घटना

सकुशल निस्किए पनि मन्त्रालयका कागजात जले : मन्त्री ज्वाला

काठमाडाैँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आफूलाई निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको बताएका छन्।

बालकुमारीबाट सातदोबाटोतर्फ जाँदै गरेका मन्त्री ज्वालालाकाे गाडीलाई रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न राेकेका थिए ।

उनीहरूले बिच बाटाेमै गाडी राेकेर पहिले गाडीकाे हावा खुस्काएर ,धकेलाधकेल गरि गाडीमा आगो लगाएकाे मन्त्री ज्वालाले बताए । उनका अनुसार आफूसहित दुई जना पिएसओ र चालक सकुशल निस्किए पनि मन्त्रालयका कागजात ल्यापटप जलेका छन् ।

अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार