बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
ललितपुर- ललितपुरमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरिले गोली चलाएको हो।
बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाएको हो।
मृतकबारे विस्तृत विवरण आउन बाँकी छ। प्रहरीका एक अधिकृतले ललितपुरमा गोली लागेर एक जनाको मृत्यु भएको पुष्टि गरे।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १४:१७
प्रतिक्रिया दिनुहोस्