Nic Ad Nic Ad
Nic Ad Nic Ad
बालकुमारी घटना

बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका युवाको सनाखत

शुक्रबार, पुस १३, २०८०

काठमाडौंइपीएस परिक्षा दिएका आन्दोलनकारीले मन्त्री प्रकाश ज्वालाको गाडी जलाएपछि भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका युवकको सनाखत भएको छ।

उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएका २३ बर्षिय सुजन राउत रहेको प्रहरी अधिकारीले जनाएका छन्। उनले कोरिया जानका लागि इपीएस परिक्षा दिएका थिए।

अर्का घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको छ। प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए।

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा ५८६१ नम्बरकोे गाडीमा आगजनी समेत गरेका थिए।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्