बालकुमारी तनावः झडपमा घाइते अर्का युवकको पनि मृत्यु, को हुन् मृतक?
काठमाडौं– कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षा दिन नपाएपछि गरेको प्रदर्शनका क्रममा भएको झडपमा घाइते भई पाटन अस्पतालमा उपचाररत रहेका अर्का युवकको पनि मृत्यु भएको छ।
वीरेन्द्र शाहको पनि मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसअघि प्रहरीको गोली लागी घाइते भई किस्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फर्म भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो। यसपछि युवाहरू आन्दोलन र प्रदर्शनमा उत्रिए। सोही क्रममा यातायात मन्त्री प्रकाश ज्वाला सावर गाडीमा आगजनी गरेपछि प्रहरीसँग झडप भएको थियो।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० १५:२९
प्रतिक्रिया दिनुहोस्