Nic Ad Nic Ad
Nic Ad Nic Ad
बालकुमारी घटना

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

शुक्रबार, पुस १३, २०८०

काठमाडौं- शुक्रबार बालकुमारीमा भएको घटनाको छानविन गर्न नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गरेको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग माग गरेका हुन् ।

‘घटनाको सत्य(तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरुको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग नेपाली कांग्रेस माग गर्दछ । हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्वन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन अपिल गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्