नेभिगेशन
समाज विविध

‘जनयुद्ध दिवस’मा सार्वजनिक विदा दिने सरकारको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

रिट निवेदकले माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने जिकिर गरेका थिए ।

प्रचण्ड प्रधानमन्त्रीत्वको सरकारले गत वर्ष फागुन १ गतेदेखि जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता