राजमार्गमा राखिएका होर्डिङ-विज्ञापन बोर्ड हटाउन ७ दिने अल्टिमेटम
काठमाडौँ - सडक डिभिजन कार्यालय चितवनले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न राष्ट्रिय राजमार्गका सीमामा रहेका अनधिकृत होर्डिङ बोर्ड तथा विज्ञापन बोर्ड हटाउन सात दिनको अल्टिमेटम दिएको छ ।
कार्यालय एक सूचना जारी गर्दै पूर्वपश्चिम राजमार्गको लोथर-टिकौली-पुलचोक खण्ड, नारायणगढ-मुग्लिङ सडक, हाकिम चोक-जगतपुर-माडी सडक, भरतपुर-रामपुर-मेघौली सडक, आपटारी-देवघाट सडक, टाँडी-सौराहा सडक अन्तर्गत चेनेजमा राखिएका अनधिकृत होर्डिङ बोर्ड/विज्ञापन बोर्ड हटाउन आग्रह गरेको हो ।
नहटाएमा सार्वजनिक सडक ऐन २०३१ बमोजिम उक्त अनधिकृत बोर्डहरू हटाउन आवश्यक कारबाही गरिने कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८० २१:०१
प्रतिक्रिया दिनुहोस्