Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल सुपर लिग : उपाधिका लागि आज धनगढी र ललितपुर भिड्दै

शनिबार, पुस १४, २०८०

काठमाडौँ  - नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन् ।

फाइनल खेल दशरथ रङ्गशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ ।

पोखरा थण्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी फाइनलमा पुगेको हो । पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुरले धनगढी एफसीसँग उपाधि भिडन्त पक्का गरेको हो।

एनएसएलको उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउनेछ। उप विजेताले भने २० लाख रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीले २ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदियमान खेलाडीले जनही १ लाख रुपियाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्