बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई सरकारले १०/१० लाख दिने
काठमाडाैं- बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले १०/१० लाख रूपैयाँ दिने भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले मृतकका परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको हो।
श्रमका लागि कोरिया जाने भाषा परीक्षामा सहभागी नगराएको भन्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रबार ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान गएको थियाे।
प्रहरीले गोली र लाठी प्रहार गर्दा दैलेखको महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका–१ का २३ वर्षीय वीरेन्द्र शाहको ज्यान गएको थियाे।
प्रकाशित मिति: शनिबार, पुस १४, २०८० १३:१८
प्रतिक्रिया दिनुहोस्