Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीनका भूकम्प प्रभावित विद्यार्थीहरूको कक्षा पुनः सुरु

शनिबार, पुस १४, २०८०

काठमाडाैँ- भूकम्पबाट प्रभावित उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिशिसानको बोनान–डोङ्सिआङ–सालार स्वायत्त काउन्टीका विद्यार्थीहरूले कक्षाहरू पुनः सुरु गरेका छन् ।

भूकम्प प्रभावित साठी हजारभन्दा बढी बिद्यार्थीको कक्षा पुनः सुरु भएको प्रान्तीय शिक्षा विभागले शनिबार जनाएको छ । शुक्रबारसम्म भूकम्पपछि विद्यालय भवन भत्किएका तर वसन्त सेमेस्टरका लागि भर्ना भएका सबै विद्यार्थीका लागि अस्थाई टहरा बनाई कक्षा सञ्चालनमा ल्याइएको छ ।

यसका लागि एक हजार १६५ घर–टहरा निर्माण गरिएको विभागले जनाएको छ । काउन्टीका उच्च माविहरूले यसअघि नै डिसेम्बर २२ देखि अनलाइन कक्षाहरू सुरु गरेका थिए । यसैगरी माध्यमिक र प्राथमिक विद्यालयहरूले बिस्तारै सोमबारदेखि अनलाइन वा अफलाइन कक्षाहरू सुरु गरेका छन् ।

भूकम्पले क्षतिग्रस्त विद्यालय भवनको मर्मत तथा सुदृढीकरणको काम भइरहेको छ । गत हप्ता ६.२ म्याग्निच्युडको भूकम्पले लिनक्सिया हुई स्वायत्त प्रान्तको जिशिशानको बोनान–डोङगक्सियाङग–सलार काउन्टीमा व्यापक धनजनको क्षति हुनेगरी धक्का दिएको थियो । भूकम्पका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका थिए भने सयौँको सङ्ख्यामा भौतिक संरचनाहरू भत्किएर क्षतिग्रस्त अवस्थामा छन् ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १७:११
प्रतिक्रिया दिनुहोस्