Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘बेवास्ताले लुम्बिनी पछाडि पर्‍यो’

शनिबार, पुस १४, २०८०

लुम्बिनी– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा पूर्वशिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले बुद्ध जन्मस्थल लुम्बिनी सांस्कृतिक केन्द्र हुँदाहुँदै राज्यको बेवास्ताले पछाडि परेको बताएका छन् । 

लोसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको आज भैरहवामा उद्घाटन गर्दै नेता शुक्लले विगतमा लुम्बिनीको विकासका लागि आएको बजेट काठमाडौँ वा अन्यत्र खर्च गरिएको टिप्पणी गरे । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एसियाली विकास बैंक (एडिबी)को योगदान रहेको बताउँदै विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । 

लोसपा लुम्बिनी प्रदेश अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले नेतृत्व गर्ने व्यक्तिहरु सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री पाण्डेयले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति लागिपरेको बताए । 

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्