नेभिगेशन
सुरक्षा–अपराध

किशोरीलाई पार्कमा जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

काठमाडौँ– ‍‍‍‍‍‍‍‍‍‍‍‍१५ वर्षीया किशोरीलाई पार्कमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवकलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई बुढानीलकण्ठको कालिका पार्कमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका–२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ