नेभिगेशन
खेलकुद
नेपाल सुपर लिग–२

ललितपुर बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौँ– नेपाल सुपर लिग–२ (एनएसएल)को च्याम्पियन उपाधि ललितपुर सिटी एफसी बनेको छ ।

आज साँझ दशरथ रङ्गशालामा भएको फाइनल खेलमा गत सिजनकाे समेत उपविजेता रहेको धनगढीलाई ३–२ ले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो ।

पहिलो हाफमा पछाडी परेको ललितपुर दोस्रो हाफमा शानदार पुनरागमन गर्दै उपाधि उचालेको हो । ललितपुरको जितमा इमोह एजेकेलले २ तथा दिनेश हेन्जनले १ गोल गरे । धनगढीका लागि ओलावाले अफिजले सुरुवाती अग्रता दिलाएका थिए । हिजाजीले अन्त्यमा सान्त्वना गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा ललितपुरका इमोह एजेकेलले सिधै फ्रिकिकमा गोल गर्दै खेललाई बराबरी ल्याउन सफल भए । दोस्रो हाफमा ललितपुरले १५ मिनेटको अन्तरमा दुई गोल गर्दै ३–१ को अग्रता लियो ।

७९औं मिनेटमा धनगढी दश जनामा सिमित हुन पुग्यो । डिफेन्डर रिचार्डले इमोह माथि गरेको च्यालेन्ज पश्चात उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाडेका थिए ।

धनगढीका लागि अन्तिम समयमा अहमद हिजाजीले गोल गर्दै झिनो सम्भावना दिलाउन सफल भए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्